डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढ्यो, हवाई इन्धन घट्यो
जलसरोकार
काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजबाट लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय गरेको हो ।
मूल्य समायोजनपछि पहिलो वर्गका लागि डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्गमा तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरिएको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि यी खुद्रा बिक्री मूल्य लागू हुनेछन् ।
यद्यपि निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाइएको छ। मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ डलर कायम भएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यका आधारमा खुद्रा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर शून्य दशमलव १२ पैसा, डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको छ भने हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ०८ पैसा घटेर आएको निगमले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता