४०० केभी क्षमताको ढल्केबर–इनरुवा प्रसारण लाइन चार्ज
जलसरोकार
काठमाडौँ – विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणा भएको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्र्तगत ढल्केबर–इनरुवा चार्ज भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार ढल्केबर–इनरुवा ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन चार्ज गरेको हो । अघिल्लो साता मात्रै निर्माण उद्घाटन भएको यो प्रसारण लाइन सफलतापूर्वक चार्ज भएको प्राधिकरणले जनाएको ।
विद्युतीय प्रसारण लाइन सबल बनाउन र नेपाल भारत विद्युत् व्यापारका लागि यो आयोजना अघि बढाइएको थियो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइनले ४ हजार मेगावाटसम्म बिजुली प्रवाह गर्न सक्छ ।
यो परियोजनालाई प्राधिकरणले दुई खण्डमा विभाजन गरेको निर्माण अघि बढाएको थियो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन अवस्थामा छ ।
प्राधिकरणका अनुसार देशभित्र विद्युत् आपूर्तिका लागि बनेको यो पहिलो ४०० केभी क्षमताको प्रसारण लाइन हो । यस अघिसम्म ४०० केभी क्षमताको ढल्केबर–मुज्फ्फुर प्रसारण लाइन मात्रै सञ्चालनमा थियो । यसबाट नेपाल–भारत विद्युत् व्यापार हुँदै आइरहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता