४०० केभी क्षमताको ढल्केबर–इनरुवा प्रसारण लाइन चार्ज
जलसरोकार
काठमाडौँ – विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणा भएको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्र्तगत ढल्केबर–इनरुवा चार्ज भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार ढल्केबर–इनरुवा ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन चार्ज गरेको हो । अघिल्लो साता मात्रै निर्माण उद्घाटन भएको यो प्रसारण लाइन सफलतापूर्वक चार्ज भएको प्राधिकरणले जनाएको ।
विद्युतीय प्रसारण लाइन सबल बनाउन र नेपाल भारत विद्युत् व्यापारका लागि यो आयोजना अघि बढाइएको थियो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइनले ४ हजार मेगावाटसम्म बिजुली प्रवाह गर्न सक्छ ।
यो परियोजनालाई प्राधिकरणले दुई खण्डमा विभाजन गरेको निर्माण अघि बढाएको थियो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन अवस्थामा छ ।
प्राधिकरणका अनुसार देशभित्र विद्युत् आपूर्तिका लागि बनेको यो पहिलो ४०० केभी क्षमताको प्रसारण लाइन हो । यस अघिसम्म ४०० केभी क्षमताको ढल्केबर–मुज्फ्फुर प्रसारण लाइन मात्रै सञ्चालनमा थियो । यसबाट नेपाल–भारत विद्युत् व्यापार हुँदै आइरहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड