४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
जलसरोकार
काठमाडौं । विद्युत् विकास विभागले आफ्नो ३३औँ वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएका २० जलविद्युत् र दुई सौर्य आयोजनालाई सम्मान गरेको छ।
विभागले शुक्रबार आयोजित वार्षिकोत्सव समारोहमा कुल ४९७.६० मेगावाट क्षमताका २० जलविद्युत् आयोजना तथा १३ मेगावाट क्षमताका दुई सौर्य आयोजनाका प्रवर्द्धक कम्पनीलाई सम्मान-पत्र प्रदान गरेको हो।
सम्मानित जलविद्युत् आयोजनामध्ये १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना, ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना, ५० मेगावाटको मेवा खोला जलविद्युत् आयोजना, ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत् आयोजना, ३७ मेगावाटको राहुघाट-मंगले जलविद्युत् आयोजनालगायतका आयोजना रहेका छन्। त्यस्तै, २४ मेगावाटको मादीखोला जलविद्युत् आयोजना, २२.५ मेगावाटको माथिल्लो ठुलो खोला ‘ए’, २१.९३ मेगावाटको काबेली-३ क्यास्केड तथा २१.३ मेगावाटको ठुलो खोला जलविद्युत् आयोजना पनि सम्मानित भएका छन्।
सौर्यतर्फ भने ८ मेगावाटको ग्रिड आबद्ध सौर्य विद्युत् आयोजना, दुहबी र ५ मेगावाटको सोलार पीभी प्रोजेक्ट, ढल्केबर सम्मानित भएका छन्।
विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा सफलतापूर्वक व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गर्दै देशको ऊर्जा सुरक्षा र आर्थिक विकासमा योगदान पुर्याएका आयोजनाको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाएको छ। सम्मान-पत्रमा आगामी दिनमा पनि ऊर्जा क्षेत्रको विकासमार्फत राष्ट्र निर्माणमा अझ प्रभावकारी योगदानको अपेक्षा गरिएको उल्लेख छ।
विभागले आफ्नो ३३औँ स्थापना दिवसलाई उपलब्धिमूलक बनाउँदै ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्र र लगानीकर्ताको योगदानको औपचारिक सम्मान गरेको हो।
आर्थिक वर्ष २०८२/८३ मा सम्मानित जलविद्युत् आयोजना
| क्र.सं. | आयोजना | क्षमता (मे.वा.) | प्रवर्द्धक कम्पनी | जिल्ला | व्यापारिक उत्पादन |
|---|---|---|---|---|---|
| १ | साँगुखोला-१ | ५.५ | हिम पर्वत हाइड्रोपावर लि. | दोलखा | २०८२/०४/०८ |
| २ | राहुघाट-मंगले | ३७ | तुँदी पावर कम्पनी लि. | म्याग्दी | २०८२/०४/२० |
| ३ | तल्लो सोलु | ८२ | सोलु हाइड्रोपावर लि. | सोलुखुम्बु | २०८२/०४/२४ |
| ४ | काबेली-३ क्यास्केड | २१.९३ | काबेली हाइड्रोपावर कम्पनी लि. | ताप्लेजुङ | २०८२/०५/०८ |
| ५ | ठुलो खोला | २१.३ | संयुक्त ऊर्जा लि. | म्याग्दी | २०८२/०५/०९ |
| ६ | बुकु-काप्टी | ५ | हिम स्टार ऊर्जा कम्पनी लि. | ओखलढुंगा/सोलुखुम्बु | २०८२/०५/१४ |
| ७ | माथिल्लो पिलुवा-३ | ४.९५ | माबिलुङ इनर्जी लि. | संखुवासभा | २०८२/०६/०४ |
| ८ | मध्य भोटेकोशी | १०२ | मध्य भोटेकोशी जलविद्युत् कम्पनी लि. | सिन्धुपाल्चोक | २०८२/०६/२० |
| ९ | साँगुखोला | २० | हिम पर्वत हाइड्रोपावर लि. | दोलखा | २०८२/०६/२५ |
| १० | माथिल्लो राहुघाट | ४८.५ | तुँदी पावर कम्पनी लि. | म्याग्दी | २०८२/०७/०७ |
| ११ | माथिल्लो गड्डीगाड | १.५५ | शैलेश्वरी पावर नेपाल लि. | डोटी | २०८२/०७/०९ |
| १२ | दरम खोला | ९.६ | दरम खोला हाइड्रो इनर्जी लि. | बागलुङ | २०८२/०७/२३ |
| १३ | खोरुङ्गा खोला | ४.८ | रिलायबल हाइड्रोपावर कम्पनी प्रा.लि. | तेह्रथुम | २०८२/०९/०१ |
| १४ | मादीखोला | २४ | मादीखोला हाइड्रोपावर लि. | कास्की | २०८२/०९/१२ |
| १५ | माथिल्लो ठुलो खोला ‘ए’ | २२.५ | ठुलो खोला हाइड्रोपावर लि. | म्याग्दी | २०८२/१२/१६ |
| १६ | बुकुखोला | ६ | एपोलो हाइड्रोपावर लि. | ओखलढुंगा/सोलुखुम्बु | २०८२/१२/१८ |
| १७ | लोअर इर्खुवा खोला | १४.१५ | लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लि. | भोजपुर | २०८२/१२/२७ |
| १८ | सिद्धि खोला | १० | सिद्धि खोला हाइड्रोपावर कम्पनी लि. | इलाम | २०८३/०१/२४ |
| १९ | मेवा खोला | ५० | युनाइटेड मेवा खोला हाइड्रोपावर लि. | ताप्लेजुङ | २०८३/०२/२८ |
| २० | हिदी खोला | ६.८२ | ह्वाइट लोटस पावर लि. | लमजुङ | २०८३/०३/१२ |
| जम्मा | २० आयोजना | ४९७.६० मे.वा. |
सम्मानित सौर्य आयोजना
| क्र.सं. | आयोजना | क्षमता (मे.वा.) | प्रवर्द्धक कम्पनी | जिल्ला | व्यापारिक उत्पादन |
|---|---|---|---|---|---|
| १ | ग्रिड आबद्ध सौर्य विद्युत् आयोजना, दुहबी | ८ | ग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सन प्रा.लि. | मोरङ | २०८२/१०/२८ |
| २ | सोलार PV प्रोजेक्ट, ढल्केबर | ५ | विन इन्फ्रास्ट्रक्चर प्रा.लि. | धनुषा | २०८३/०२/३० |
| जम्मा | २ आयोजना | १३ मे.वा. |
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले