गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शन : उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित


काठमाडौं ः गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।
आज गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
प्रदर्शन सुरु नहुँदै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित देखिएको छ । राजधानीका विभिन्न स्थानमा सवारी साधन गुड्न दिइएको छैन ।
सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइएको छ ।
आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।
सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।
यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार चैत १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधान ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित
-
मुलुकको विद्युत् जडित क्षमता ३,५९१ मेगावाट
-
सेयर बजार घट्दा कारोबार रकम ६ अर्ब नाघ्यो
-
आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढ्यो, मुद्रास्फीति घट्यो
-
राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै
-
चार दिनमै सुन ४ हजारले बढ्यो, चाँदी पनि महँगियो