मधेशमा डिपबोरिङ र स्यालो ट्युबेलको माग
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मधेश प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आकस्मिक समयमा बोल्दै सांसदहरूले मधेशलाई सुक्खा प्रभावित क्षेत्र घोषणा गरिएको भए पनि आवश्यक पूर्वाधार नपुग्दा समस्या झन जटिल बन्दै गएको बताएका हुन् ।
सांसद रामकृष्ण यादवले खडेरीको चपेटामा परेको मधेसमा सिंचाइको वैकल्पिक स्रोतका रूपमा डिपबोरिङ र स्यालो ट्युबेलको पहुँच विस्तार गर्नु अपरिहार्य भएको बताए । उनले केही दिनयता अलिअलि पानी परे पनि अझै खेतबारी सिँचाइ गर्न पर्याप्त नभएको भन्दै जलस्रोतको असहजता किसानको पीडामा थप बोझ बनेको उल्लेख गरे ।
“सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्र काम सकिँदैन,” सांसद यादवले भने,“डिपबोरिङको जडान, स्यालो ट्युबेलको स्थापना र इन्धन व्यवस्थापन नगरी खेत सिँचाइ हुन सक्दैन, र कृषकको पीडा मेटिदैन ।”
सांसदहरूको धारणा अनुसार, सुक्खाका कारण बालीमा व्यापक क्षति भएको र अबको समयमै राहत पहल नगरे गम्भीर खाद्य संकटको अवस्था आउन सक्ने चेतावनीसमेत दिइएको छ।
यसै सन्दर्भमा, सरोकारवाला मन्त्रालय र निकायहरूलाई तत्काल योजनाबद्ध रूपमा जल स्रोत व्यवस्थापन, उपकरणको उपलब्धता र अनुदान सुनिश्चित गर्न संसदबाट आह्वान गरिएको छ । सरकारको तर्फबाट तत्काल जवाफ आएको छैन, तर सांसदहरूको एकमुखी मागले सुक्खा प्रभावित क्षेत्रको अवस्था संसदको प्राथमिक एजेन्डामा प्रवेश गराएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना