जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड/ट्रंक लाइन विद्युत् बक्यौता ८ अर्ब ४ करोड ७४ लाख

जलसरोकार
बुधबार, भदौ १२, २०८१ | १७:४०:५० बजे

काठमाडौं : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेका ५७ ग्राहक (उद्योग) ले २०७२ माघदेखि २०७५ वैशाखसम्म थप दस्तुरसमेत ८ अर्ब ४ करोड ७४ लाख २ सय ३९ रुपैयाँ रहेको छ ।
थप दस्तुरबाहेक कुल बक्यौता ६ अर्ब ४३ करोड ३७ लाख २० हजार एक सय ९१ रुपैयाँ रहेको विद्युत् प्राधिकरणले जनाएको छ । 
प्राधिकरणको प्रदेश कार्यालय तथा प्रदेश डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी डेडिकेटेड तथा ट्रंक लाइनवाला बक्यौता प्रादेशिक कार्यालय जनकपुरको छ । उक्त प्रदेश अन्तर्गत कुल बक्यौता ३ अर्ब २४ करोड ५४ लाख ७९ हजार ७ सय १२ रुपैयाँ छ ।


प्रादेशिक कार्यालय अन्तर्गत पनि सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको एक अर्ब ६० करोड रुपैयाँ छ । जगदम्बाको स्वीकृत लोड क्षमता ३४ हजार ४ सय केभीए छ ।
जगदम्बापछि सबैभन्दा धेरै बक्यौता मारुती सिमेन्टको ५७ करोड ४४ लाख छ । यसैगरी त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड ९ लाख, हुलास स्टिलको १४ करोड १२ लाख, हिमाल आइरनको १३ करोड ६५ लाख, एभरेष्ट पेपर मिलको ९ करोड ४४ लाख, हामा आइरनको ५ करोड ८५ लाख, त्रिवेणी सिन्थेटिक यार्नको ४ करोड ३९ लाख छ ।
जनकपुर प्रादेशिक कार्यालय अन्तर्गत डेडिकेटेडवाला बक्यौता सबैभन्दा कम कसमस सिमेन्ट फ्याक्ट्रीको १ करोड ७७ लाख रुपैयाँ छ ।्
प्रदेशगत हिसाबमा डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली लिएर भुक्तानी नगरेका दोस्रो ठूलो बक्यौता लुम्बिनी प्रदेशअन्तर्गत छ । लुम्बिनी प्रदेशको बक्यौता २ अर्ब १३ करोड ७७ लाख ७६ हजार एक सय ५३ रुपैयाँ छ । 


लुम्बिनीअन्तर्गतका ३५ वटा उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता २०७२ सालदेखि नै तिरेका छैनन् । यसमा सबैभन्दा धेरै बक्यौता घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ छ ।
घोराही सिमेन्टपछि लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बक्यौता अर्घाखाँची सिमेन्ट ४४ करोड ८४ लाख रुपयाँ छ । सोनापुर मिनरल एण्ड आयलको २४ करोड २९ लाख, लक्ष्मी स्टिलको २३ करोड ७९ लाख, जगदम्बा सिन्थेटिकको २० करोड ५० लाख, बुटबल सिमेन्टको १८ करोड ४५ लाख, सर्वाेत्तम सिमेन्टको ११ करोड ४५ लाख, सम्राट सिमेन्टको ३ करोड ७७ लाख, विशाल सिमेन्टको ३ करोड ३५ लाख, घराना फुड्सको १ करोड ८७ लाख,  सिद्धार्थ पेटप्लास्टको १ करोड ८२ लाख, एस.आर. फुड्सको १ करोड ४८ लाख, गोयन्का फुड्सको १ करोड ४७ लाख रुपैयाँ छ । 
डेडिकेटेड तथा ट्रंक लाइनवाला तेस्रो ठूलो बक्यौताधारी प्रदेशमा कोसी रहेको छ । कोसीमा कुल बक्यौता एक अर्ब ५४ करोड ३४ लाख ८७ हजार एक सय ३१ रुपैयाँ छ । कोसीमा सबैभन्दा धेरै बक्यौता रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख रुपैयाँ रहेको छ ।


त्यसैगरी दोस्रो ठूलो बक्यौताधारी सरकारी उद्योग उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार, अरिहन्त मल्टिफाइबर्सको ११ करोड ५२ लाख, रघुपति जुट मिलको ८ करोड ५१ लाख, अरिहन्त पोलीप्याकको ६ करोड ६२ लाख, निगाले सिमेन्टको ५ करोड ८१ लाख र बाबा जुट मिलको २ करोढ ४९ लाख छन् । 
कोसी प्रदेशमा यी सात उद्योगबाहेक अरु सबैले बक्यौता तिरिसकेका छन् ।
प्रदेशअन्तर्गत तेस्रो ठूलो बक्यौताधारी बागमती प्रदेश रहेको छ । बागमतीमा तीन उद्योगको बक्योता एक अर्ब १२ करोड ६ लाख ५७ हजार २ सय ४१ रुपैयाँ छ ।
बागमतीमा सबैभन्दा धेरै बक्यौता शिवम् सिमेन्टको छ । यो उद्योगको बक्यौता ६६ करोड ८८ लाख ८७ हजार ८१ रुपैयाँ छ । त्यसपछि दोस्रो बक्यौताधारी सरकारी उद्योग हेटौंडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २ सय ५० रुपैयाँ छ । धादिङमा उद्योग रहेको युनाइटेड सिमेन्टको बक्यौता ११ करोड ३६ लाख ८३ हजार ९ सय ९ रुपैयाँ छ । 
 

प्रकाशित मिति : बुधबार, भदौ १२, २०८१ | १७:४०:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया