डेडिकेटेड र ट्रंक लाइन विवाद: प्राधिकरणले तीन उद्योगको लाइन काट्यो
जलसरोकार
काठमाडाैं- डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले तीन ठूला उद्योगमा विद्युत् काटेको छ । रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टमा मंगलबार साँझबाट लाइन काटिएको हो । विभिन्न ६१ उद्योगले जरिवाना सहित आठ अर्ब २५ करोड ९७ लाख रुपियाँ बक्यौता तिर्न पर्ने प्राधिकरणको दावी छ । तर, त्यो बक्यौता नआएपछि प्राधिकरणले पहिलो चरणमा तीन उद्योगमा लाइन काटेको हो ।
प्राधिकरणले गत असार १० गते १५ दिनको भाखा राख्दै उद्योगीहरुलाई बक्यौता तिर्न पत्र पठाएको थियो । त्यो बक्यौता तिर्न दिइएको समय मंगलबार सकिएको थियो । तोकिएको म्यादमा बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्ससको ७५ करोड, घोराही सिमेन्टको ५१ करोड र अर्घाखाँची सिमेन्टको ४४ करोड रुपियाँ हारहारीमा बक्यौता बाँकी छ । मंगलबार दिउँसो उद्योगीहरुले पत्रकार सम्मेलन गरेर प्रमाण बिना पैसा नतिर्ने घोषणा गरेका थिए । राती प्राधिकरणले तीन उद्योगमा लाइन काटिदिएको हो ।
प्राधिकरणले यसअघि पनि गत पुसमा २३ उद्योगमा लाइन काटेको थियो । त्यसबेला पुस ६ गतेदेखि २६ गतेसम्म लाइन काटिएको थियो । त्यसबेला यो विवाद सम्बन्धमा आयोग बनेपछि मन्त्रीपरिषद्को निर्णयमा उद्योगमा लाइन जोडिएको थियो । त्यसभन्दा पहिला २०७६ फागुनमा पनि यही बिषयलाई लिएर उद्योगमा लाइन काटिएको थियो । प्राधिकरणले लाइन काटेपछि यो विवाद थप पेचिलो भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ