डेडिकेटेड र ट्रंक लाइन विवाद: प्राधिकरणले तीन उद्योगको लाइन काट्यो
जलसरोकार
काठमाडाैं- डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले तीन ठूला उद्योगमा विद्युत् काटेको छ । रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टमा मंगलबार साँझबाट लाइन काटिएको हो । विभिन्न ६१ उद्योगले जरिवाना सहित आठ अर्ब २५ करोड ९७ लाख रुपियाँ बक्यौता तिर्न पर्ने प्राधिकरणको दावी छ । तर, त्यो बक्यौता नआएपछि प्राधिकरणले पहिलो चरणमा तीन उद्योगमा लाइन काटेको हो ।
प्राधिकरणले गत असार १० गते १५ दिनको भाखा राख्दै उद्योगीहरुलाई बक्यौता तिर्न पत्र पठाएको थियो । त्यो बक्यौता तिर्न दिइएको समय मंगलबार सकिएको थियो । तोकिएको म्यादमा बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्ससको ७५ करोड, घोराही सिमेन्टको ५१ करोड र अर्घाखाँची सिमेन्टको ४४ करोड रुपियाँ हारहारीमा बक्यौता बाँकी छ । मंगलबार दिउँसो उद्योगीहरुले पत्रकार सम्मेलन गरेर प्रमाण बिना पैसा नतिर्ने घोषणा गरेका थिए । राती प्राधिकरणले तीन उद्योगमा लाइन काटिदिएको हो ।
प्राधिकरणले यसअघि पनि गत पुसमा २३ उद्योगमा लाइन काटेको थियो । त्यसबेला पुस ६ गतेदेखि २६ गतेसम्म लाइन काटिएको थियो । त्यसबेला यो विवाद सम्बन्धमा आयोग बनेपछि मन्त्रीपरिषद्को निर्णयमा उद्योगमा लाइन जोडिएको थियो । त्यसभन्दा पहिला २०७६ फागुनमा पनि यही बिषयलाई लिएर उद्योगमा लाइन काटिएको थियो । प्राधिकरणले लाइन काटेपछि यो विवाद थप पेचिलो भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स