पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय ०७५ मै भएको हो : गृहमन्त्री लेखक
जलसरोकार
काठमाडौं: गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।
अर्थात् पहिलेदेखि नै यसको निर्माण कार्य अगाडि बढेको उनले बताए ।
निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको उनले बताए । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको सन्दर्भमा उत्पन्न विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको पनि उनले बताए । सरकार वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधान चाहने उनको भनाइ थियो ।
वार्ताका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा २०८१ साल माघ २० गते वार्ता टोली गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको र पटक पटक संवाद पनि भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव