पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय ०७५ मै भएको हो : गृहमन्त्री लेखक
जलसरोकार
काठमाडौं: गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।
अर्थात् पहिलेदेखि नै यसको निर्माण कार्य अगाडि बढेको उनले बताए ।
निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको उनले बताए । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको सन्दर्भमा उत्पन्न विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको पनि उनले बताए । सरकार वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधान चाहने उनको भनाइ थियो ।
वार्ताका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा २०८१ साल माघ २० गते वार्ता टोली गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको र पटक पटक संवाद पनि भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने