११ हजार भोल्टको करेन्ट लागेर पोलमा काम गरिरहेका कुँवरको मृत्यु
जलसरोकार
इलाम : इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका ८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो।
कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी