कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थपियो
जलसरोकार
काठमाडौँ : कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले फागुन १३ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मागभन्दा बढी आवेदन परेमा भने उक्त मितिभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरी आईपीओ निष्कासन बन्द गर्न सकिनेछ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यका १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएर निष्कासन गरिएको हो। उक्त शेयरका लागि दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङअनुसार केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कालिन्चोक हाइड्रोपावरले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। परियोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ भने छुट दरमा गणना गरिएको लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बिक्री प्रबन्धकको कार्यालयका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, स्थानीय बासिन्दाले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्