माओवादी पदाधिकारी बैठकको निष्कर्ष : एमाले–कांग्रेस सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भए
जलसरोकार
काठमाडौं: माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुईदलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरू सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको जिकिर गरे ।
संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको जिकिर छ ।
अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधानसमेत रहेको प्रवक्ता सापकोटाले बताए । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरूमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्यालाई उजागर गर्ने निर्णय गरेको छ । .
त्यस्तै पार्टीले वृहत् जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने सापकोटाले जानकारी दिए । बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समिक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको छ । हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुनः सुरु गर्ने माओवादीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
-
नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन
-
आगामी बजेटलाई परिणाममुखी बनाउन योजना आयोगको ‘चेकलिस्ट’, मन्त्रालयसँग प्रारम्भिक छलफल सुरु
-
सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
चट्याङपछि अवरुद्ध विद्युत् सेवा पुनः सुचारु
-
एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने