रुख कटानमा अवरोधले तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित


तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ ।
प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
प्याकेज—३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उनको भनाइ छ । ‘तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ’, श्रेष्ठले भने।
४ वर्षमा सक्नेगरी तामाकाेसी पाँचाैकाे सिभिल र हाइड्रो मेकानिकल ठेक्का सिनो हाइड्रोलाई
हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्तरगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ । सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ । यो खण्डमा रहेका कूल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्यसम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ ।
श्रेष्ठकाअनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
१२६ मेगावाट क्षमताको तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न स्वीकृति
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन