रुख कटानमा अवरोधले तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित
जलसरोकार
तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ ।
प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
प्याकेज—३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उनको भनाइ छ । ‘तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ’, श्रेष्ठले भने।
४ वर्षमा सक्नेगरी तामाकाेसी पाँचाैकाे सिभिल र हाइड्रो मेकानिकल ठेक्का सिनो हाइड्रोलाई
हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्तरगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ । सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ । यो खण्डमा रहेका कूल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्यसम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ ।
श्रेष्ठकाअनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
१२६ मेगावाट क्षमताको तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न स्वीकृति
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना