बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न
जलसरोकार
काठमाडौं : एमसिए-नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको बुटवल-गोरखपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ।
न्यू बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको एमसिए-नेपालले जनाएको छ। नेपालमा विद्युत् प्रसारण सञ्जाल विस्तार तथा भारतसँगको अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइनको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको थियो।
एमसिए-नेपालका अनुसार प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरिएको थियो। निर्माणको शिलान्यास २०८२ साल मङ्सिर १० गते गरिएको थियो।
नेपालमा पछिल्लो समय विद्युत् उत्पादन बढ्दै गए पनि प्रसारण संरचनाको अभाव तथा अन्तरदेशीय विद्युत् आदान-प्रदानका लागि आवश्यक पूर्वाधार सीमित हुँदा विद्युत् व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ। यस्तो अवस्थामा बुटवल-गोरखपुर प्रसारण लाइनलाई नेपाल-भारतबीच विद्युत् आदान-प्रदानको क्षमता विस्तार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
एमसिए-नेपालले नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न हुनु विद्युत् सञ्जाल सुदृढीकरण र नेपाल-भारतबीच अन्तरदेशीय ऊर्जा सम्पर्क विस्तारका दिशामा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन नेपालमा विद्युत् उत्पादन वृद्धि भएसँगै त्यसलाई भारतीय बजारसम्म पुर्याउन तथा आवश्यकताअनुसार विद्युत् आयात गर्नसमेत उपयोगी हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न
-
चिलिमे उद्धारमा सुरुङभित्र थप प्रगति, कडा लेदो र फलामे डन्डीले चुनौती
-
चिलिमे उद्धारमा अर्को आशा : टेलरेसबाट ठूलो मात्रामा सफा पानी बाहिरियो, लेदो पनि सुक्दै