नुप्चे लिखु (५७.५ मेगावाट) को निर्माण ८३ प्रतिशत पूरा


काठमाडौं : भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको नुप्चे लिखु जलविद्युत् (५७.५ मेगावाट) को निर्माण कार्य पुस मसान्तसमम ८३ प्रतिशत पूरा भएको छ ।
आयोजनाको सिभिलतर्फ ८५, इलेक्ट्रोमेकानिकलतर्फ ७५, हाइड्रो मेकानिकालमा ८१, प्रसारण लाइनमा ६८, जगा प्राप्ति तथा मुआब्जा वितरणमा ९० प्रतिशत कार्य पूरा भएको छ ।
त्यसैगरी आयोजनाको डीपीआर डिजाइन तथा ड्रइङमा ९७ प्रतिशत, कार्यालय तथा क्याम्प निर्माण शत प्रतिशत, स्थायी तथा अस्थायी पूर्वाधारमा ९० प्रतिशत र वातावरणीय अनुकूल तथा सामाजिक उत्तरदायित्वमा ६९ प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी सिभिलतर्फ हालसम्म ७६ प्रतिशत वित्तीय प्रगति अर्थात् ३ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ । इलेक्ट्रो मेकानिकलमा ९१ करोड २४ लाख (६४ प्रतिशत), हाइड्रो मेकानिकलमा एक अर्ब १४ करोड (९० प्रतिशत), प्रसारण लाइन तथा स्वीचयार्डमा ४८ करोड ४३ लाख रुपैयाँ (८१ प्रतिशत) र जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा ८ करोड २० लाख रुपैयाँ (७४ प्रतिशत) खर्च भएको छ ।
त्यसैगरी आयोजनाको डीपीआर डिजाइन तथा ड्रइङमा २ करोड ७८ लाख (८२ प्रतिशत), कार्यालय तथा क्याम्प निर्माणमा ९ करोड २७ लाख रुपैयाँ (९४ प्रतिशत), स्थायी तथा अस्थायी पूर्वाधारमा ७२ करोड ३० लाख रुपैयाँ (८८ प्रतिशत) र वातावरणीय अनुकूल तथा सामाजिक उत्तरदायित्वमा १५ करोड ३७ लाख रुपैयाँ (८० प्रतिशत) खर्च भएको छ ।
कम्पनीले आयोजना निर्माण अवधिको ब्याज मात्रै हालसम्म ८८ करोड ४३ लाख रुपैयाँ (६५ प्रतिशत) तिरिसकेको छ ।
कम्पनीले गत पुस मसान्तसम्म आयोजनामा कुल ८ अर्ब ५४ करोड रुपैयाँ अर्थात् ७७ प्रतिशत खर्च गरिसकेको छ । आयोजनाको कुल अनुमानित लागत १० अर्ब ९८ करोड ३६ लाख रुपैयाँ छ । हालसम्म कम्पनीमा शेयर बापत ३ अर्ब ३२ करोड रुपैयाँ लगानी भएको छ । ऋणतर्फ कम्पनीले हालसम्म ५ अर्ब ५६ करोड २४ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
यो आयोजनाका लागि विभिन्न बैंकहरुले ७ अर्ब ९३ करोड रुपैयाँ ऋण प्रदान गर्ने सम्झौता छ ।
आयोजनाबाट आगामी २०८२ साउन ३२ गतेभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक