नुप्चे लिखु (५७.५ मेगावाट) को निर्माण ८३ प्रतिशत पूरा
जलसरोकार
काठमाडौं : भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको नुप्चे लिखु जलविद्युत् (५७.५ मेगावाट) को निर्माण कार्य पुस मसान्तसमम ८३ प्रतिशत पूरा भएको छ ।
आयोजनाको सिभिलतर्फ ८५, इलेक्ट्रोमेकानिकलतर्फ ७५, हाइड्रो मेकानिकालमा ८१, प्रसारण लाइनमा ६८, जगा प्राप्ति तथा मुआब्जा वितरणमा ९० प्रतिशत कार्य पूरा भएको छ ।
त्यसैगरी आयोजनाको डीपीआर डिजाइन तथा ड्रइङमा ९७ प्रतिशत, कार्यालय तथा क्याम्प निर्माण शत प्रतिशत, स्थायी तथा अस्थायी पूर्वाधारमा ९० प्रतिशत र वातावरणीय अनुकूल तथा सामाजिक उत्तरदायित्वमा ६९ प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी सिभिलतर्फ हालसम्म ७६ प्रतिशत वित्तीय प्रगति अर्थात् ३ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ । इलेक्ट्रो मेकानिकलमा ९१ करोड २४ लाख (६४ प्रतिशत), हाइड्रो मेकानिकलमा एक अर्ब १४ करोड (९० प्रतिशत), प्रसारण लाइन तथा स्वीचयार्डमा ४८ करोड ४३ लाख रुपैयाँ (८१ प्रतिशत) र जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा ८ करोड २० लाख रुपैयाँ (७४ प्रतिशत) खर्च भएको छ ।
त्यसैगरी आयोजनाको डीपीआर डिजाइन तथा ड्रइङमा २ करोड ७८ लाख (८२ प्रतिशत), कार्यालय तथा क्याम्प निर्माणमा ९ करोड २७ लाख रुपैयाँ (९४ प्रतिशत), स्थायी तथा अस्थायी पूर्वाधारमा ७२ करोड ३० लाख रुपैयाँ (८८ प्रतिशत) र वातावरणीय अनुकूल तथा सामाजिक उत्तरदायित्वमा १५ करोड ३७ लाख रुपैयाँ (८० प्रतिशत) खर्च भएको छ ।
कम्पनीले आयोजना निर्माण अवधिको ब्याज मात्रै हालसम्म ८८ करोड ४३ लाख रुपैयाँ (६५ प्रतिशत) तिरिसकेको छ ।
कम्पनीले गत पुस मसान्तसम्म आयोजनामा कुल ८ अर्ब ५४ करोड रुपैयाँ अर्थात् ७७ प्रतिशत खर्च गरिसकेको छ । आयोजनाको कुल अनुमानित लागत १० अर्ब ९८ करोड ३६ लाख रुपैयाँ छ । हालसम्म कम्पनीमा शेयर बापत ३ अर्ब ३२ करोड रुपैयाँ लगानी भएको छ । ऋणतर्फ कम्पनीले हालसम्म ५ अर्ब ५६ करोड २४ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
यो आयोजनाका लागि विभिन्न बैंकहरुले ७ अर्ब ९३ करोड रुपैयाँ ऋण प्रदान गर्ने सम्झौता छ ।
आयोजनाबाट आगामी २०८२ साउन ३२ गतेभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचनमा मोहन डाँगी अध्यक्ष, शंकर बस्याल कोषाध्यक्षमा निर्वाचित
-
अदालतले अवैध ठहर गरेको सिन्धु ज्वाला हाइड्रोका अध्यक्ष र सञ्चालक इप्पान निर्वाचनमा सरिक
-
पुँजीगत खर्च द्रुत बनाउन अधिकार प्रत्यायोजन गरिएको अर्थमन्त्रीको दाबी
-
नेप्से चार अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोडमा सीमित
-
विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष दिल्लीबहादुर सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’
-
अव्यवस्थित रूपमा झुण्डिएका दूरसञ्चार र इन्टरनेटका तार हटाइँदै