सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

जलसरोकार
बुधबार, पुस ३०, २०८२ | ११:३७:५८ बजे

 

काठमाडौँ : माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाको अन्तिम दिन आज बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  पुस महिनाको तुलनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.६८ प्रतिशतमा झरेको छ। पुस महिनामा यो दर ४.८३ प्रतिशत रहेको थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले माघ महिनामा ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले दिने भएको छ। बैंकले अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ब्याजदर तोकेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.३६ प्रतिशतसम्म मात्र ब्याज दिने जनाएको छ।

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएकाले पछिल्लो समय ब्याजदर क्रमशः घट्दो क्रममा रहेको विश्लेषण गरिएको छ।

 

प्रकाशित मिति : बुधबार, पुस ३०, २०८२ | ११:३७:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया