माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो
जलसरोकार
काठमाडौँ : माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाको अन्तिम दिन आज बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । पुस महिनाको तुलनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.६८ प्रतिशतमा झरेको छ। पुस महिनामा यो दर ४.८३ प्रतिशत रहेको थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले माघ महिनामा ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले दिने भएको छ। बैंकले अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।
यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ब्याजदर तोकेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.३६ प्रतिशतसम्म मात्र ब्याज दिने जनाएको छ।
बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएकाले पछिल्लो समय ब्याजदर क्रमशः घट्दो क्रममा रहेको विश्लेषण गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु