वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरे, कुन बैंकको ब्याजदर कति ?
जलसरोकार
काठमाडौँ : वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार बैंकहरूको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ ।
माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ ।
९ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज घटाए
फागुन महिनामा ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ ।
माघमा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ ।
११ बैंकहरूले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा माघ महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
नेपाल बैंकले सबैभन्दा बढी ब्याज दिने
फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ । बैंकले अधिकतम ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।
सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरूले अधिकतम ४.२५ प्रतिशत ब्याज दिने भएका छन् ।
संस्थागत मुद्दतिमा अधिकतम ४ प्रतिशत ब्याज
संस्थागत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर ४ प्रतिशत कायम गरिएको छ । हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले सो दरमा ब्याज दिने भएका छन् ।
बैंकहरूको ब्याजदर घट्दै जानुले निक्षेपकर्ताको आम्दानीमा असर पार्ने भए पनि कर्जाको ब्याजदर घट्ने सम्भावना भने बढ्ने देखिन्छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार