जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत् विकासको लागि जनशक्ति उत्पादन गर्न कलेजहरु तयार हुनपर्छ : मन्त्री बस्नेत

जलसरोकार
बुधबार, असार १२, २०८१ | १३:५६:४६ बजे

 

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले हाइड्रोपावर विकास गर्ने कार्यमा आवश्यक पर्ने हजारौं संख्याको जनशक्ति उत्पादन गर्न कलेजहरु तयार रहनुपर्ने बताएका छन् । उनले हिलसाइड कलेज अफ इन्जिनियरिङ्गको निरीक्षण भ्रमण उस्तो बताएका हुन् । उनले ‘हिलसाइड कलेज अफ इन्जिनियरिङ’ले गरिरहेको प्रयासको उच्च प्रशंसा गर्दै १० वर्षमा १५ हजार मेगावाट क्षमताको हाइड्रोपावर विकास गर्ने लक्ष्य लिएको हुँदा त्यसको निम्ति आवश्यक पर्ने हजारौं संख्याको जनशक्ति उत्पादन गर्न नेपालका विश्वविद्यालय तथा कलेजहरु तयार रहनुपर्ने बताए । सो अवसरमा समृद्व नेपाल निर्माणका लागि प्राकृतिक उपहारको रुपमा रहेको मूलतस् हिउँको श्रोत भएको पानीको उपयोग गर्नको लागि आवश्यक प्राविधिक जनशक्तिहरु सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ सम्बन्धी स्नातक र स्नातकोत्तर तहको यस कलेजमा अध्ययन अध्यापन हुने गरेको मन्त्रीलाई जानकारी गराइयो ।

हिलसाइड कलेज अफ इन्जिनियरिङले अध्ययन अध्यापनको साथसाथै विद्यार्थीहरुलाई इण्टर्नसिप र जब प्लेसमेण्टमा समेत बिभिन्न निजी तथा सरकारी निकायहरुसंग सम्झौता गरेर काम गरिरहेको र यो अवधिमा दुई वटा इण्टरनेशनल कन्फेरेन्स सम्पन्न गरेको व्यहोरा पनि जानकारी गराइयो । बर्षैपिच्छे कम्तिमा एउटा नेशनल कन्फ्रेन्स गर्दै आएकोमा मुलुक लोडसेडिङले ग्रस्त भएको बेला ूऊर्जा संकट र समाधानका उपायहरुू बिषयक अन्तरक्रिया कार्यक्रम गरी सो को सुझाव ऊर्जा मन्त्रालयमा पेस गरिएको र ती मध्ये अधिकांश सुझावहरु कार्यान्वयन समेत भएका थिए, जसको कारण लोडसेडिङ अन्त हुनमा सहयोग पुगेको समेत जानकारी गराइयो ।

प्रीन्सिपल थापाले अहिले हिलसाइड कलेजले छुट्टै रिसर्च सेण्टर स्थापना गरी कलेजका विद्यार्थी, फ्याकल्टी तथा विषय विज्ञलाई समाबेश गरी संभाव्यता अध्ययन गराउन अरुण काबेली हाइड्रो ग्रुपसंग सहकार्य गरिसकेको व्यहोरा पनि जानकारी गराएका थिए । त्यसैगरी, उक्त कम्पनीले नयाँ प्रोजेक्टहरुको अध्ययन गर्ने, डिपिआर तयार गर्ने, नक्सा डिजाइन तयार गर्ने र निर्माण भैसकेका परियोजनाहरुको नियमित मर्मतसम्भार गरी अरबौं रुपियाँ बिदेशिनबाट रोक्न प्रयास भैरहेको पनि जानकारी गराइयो । नेपालमा इन्जिनियरिङ र मेडिकल कार्यक्रमहरुको

अध्ययन,अध्यापन उत्कृष्ट भएकोले र पूर्वान्चल विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गरी समसामयिक बनाइएकोले नेपाली विद्यार्थी मात्रै होइन बिदेशी विद्यार्थीको लागि समेत शैक्षिक हब बनाउन संभावना रहेको हुंदा सरकारले वातावरण बनाइदिन आग्रह गरिएको थियो । अहिले नै प्राविधिक जनशक्ति अपुग भैरहेको अवस्थामा नेपालमा जे पढे पनि रोजगारी पाइँदैन, त्यसैले यता पढ्नुभन्दा विदेश नै जानु बेश भन्ने किसिमको नकारात्मक धारणाको विकास भइरहेकोले धेरै विद्यार्थीहरु खरबौं रकम लिएर विदेश पलायन हुँदा केही बर्षमै दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरा बढेकोले सरोकारवालाहरु बीच यसको समाधानको बिषयमा खरो छलफल गरी निकास निकाल्नुपर्ने मन्त्रीले बताएका छन् ।

कलेजको तर्फबाट रिसर्च कोअर्डिनेटर डा.रामहरी पौडेलले नेपालको ऊर्जा क्षेत्र सम्बन्धी पेस गर्नुभएको कार्यपत्र माथि टिप्पणी गर्दै मन्त्री बस्नेतले भने, ‘अबको १२ वर्षमा २८५०० मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गर्ने सरकारको लक्ष्य रहेको हुंदा खासगरी सिभिल, इलेक्ट्रीकल, मेकानिकल र कम्प्युटर इन्जिनियरहरुको लागि ठूलो अवसर प्राप्त हुने तर त्यो बेला जनशक्तिको खांचो हुनसक्ने संभावना टड्कारो रुपमा देखिदैछ, यस बारेमा ठोस सल्लाह सुझाव प्राप्त गरी हालको सरकारी नीतिमा समेत पुनर्बिचार गर्नुपर्छ ।’

 

 

प्रकाशित मिति : बुधबार, असार १२, २०८१ | १३:५६:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया