बढ्यो काठमाडौंमा चिसो, तापक्रम ४.५ डिग्री सेल्सियस मात्र
जलसरोकार
काठमाडौं,: काठमाडौंमा हिजो अस्तिको तुलनामा बिहीबार बिहान बढी चिसो महशुस भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महशुस भएको हो ।
मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
यो भनेको बुधबारको तुलनामा लगभग दुई डिग्री सेल्सियस कम हो। बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
रातिको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम केही घटेको मौसमविद् कँडेल बताउँछिन्।
’चिसो हुने सिजन नै हो। रातिको समयमा आकाशमा बादल कम हुँदा बिहान न्यूनतम तापक्रम केही घट्छ। बादल बढी भएका बेला चिसो कम महशुस हुन्छ,’ मौसमविद् कँडेलले सेतोपाटीसँग भनिन् ।
आज दिनभरि काठमाडौंको मौसम सफा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ। बिहीबार काठमाडौंमा अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम? गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसपछि शुक्रबार ५.७, शनिबार ५.९, आइतबार ७.२, सोमबार ८.१ र मंगलबार ७ र बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ
-
काँकडभिट्टाबाट रु २४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात