बढ्यो काठमाडौंमा चिसो, तापक्रम ४.५ डिग्री सेल्सियस मात्र


काठमाडौं,: काठमाडौंमा हिजो अस्तिको तुलनामा बिहीबार बिहान बढी चिसो महशुस भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महशुस भएको हो ।
मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
यो भनेको बुधबारको तुलनामा लगभग दुई डिग्री सेल्सियस कम हो। बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
रातिको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम केही घटेको मौसमविद् कँडेल बताउँछिन्।
’चिसो हुने सिजन नै हो। रातिको समयमा आकाशमा बादल कम हुँदा बिहान न्यूनतम तापक्रम केही घट्छ। बादल बढी भएका बेला चिसो कम महशुस हुन्छ,’ मौसमविद् कँडेलले सेतोपाटीसँग भनिन् ।
आज दिनभरि काठमाडौंको मौसम सफा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ। बिहीबार काठमाडौंमा अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम? गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसपछि शुक्रबार ५.७, शनिबार ५.९, आइतबार ७.२, सोमबार ८.१ र मंगलबार ७ र बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका खोल्ले : अर्थमन्त्री पौडेल
-
खानेपानी आयोजनामा देखिएका चुनौती समाधानका लागि सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्छ : मन्त्री यादव
-
भारतलाई थप ८० मेगावाट विद्युत निर्यातको अनुमति, कुल निर्यात क्षमता ११३०.९ मेगावाट
-
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बाढीले धरानको झोलुङ्गे पुल क्षतिग्रस्त, तत्काल मर्मतको माग
-
ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेशन निरीक्षण