चिलिमे उद्धारमा नयाँ संकेत : पानीमा ट्रान्सफर्मरको तेल, पावरहाउस नजिक पुगेको सम्भावना
जलसरोकार
रसुवा : चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार टोलीले महत्वपूर्ण संकेत फेला पारेको छ। सुरुङबाट निकालिएको पानीमा तेल मिसिएको भेटिएपछि उद्धार टोलीले त्यसलाई पावरहाउस क्याभर्नभित्र रहेका ट्रान्सफर्मरबाट चुहिएको तेल हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
चिलिमे जलविद्युत् कम्पनीका अनुसार पावरहाउस क्याभर्नभित्र ४ हजार लिटर क्षमताका सातवटा ट्रान्सफर्मर रहेका छन्। अहिले तेल मिसिएको पानीलाई पम्पमार्फत बाहिर निकाल्ने काम भइरहेको छ।
उद्धार टोलीले यसलाई व्यवस्थापन गरेपछि सुरुङभित्रको उत्खनन पुनः सुरु गर्ने तयारी गरेको छ। पानी र तेल बाहिर निकाल्न अझै केही समय लाग्ने बताइएको छ।
यसअघि सुरुङभित्र ठूला ढुंगा र कडा लेदो हटाउँदै उद्धार टोली क्रमशः अगाडि बढिरहेको थियो। रातिको पालोमा ठूलो ढुंगा हटाउन कठिनाइ देखिएपछि पानीसमेत सुरुङभित्र आउन थालेको थियो। त्यसपछि पानी निकासको काम सुरु गरिएको थियो।
सुरुङबाट पानीसँगै ट्रान्सफर्मरको तेल आउनु पावरहाउस क्याभर्नसँग सम्पर्क भएको हुन सक्ने महत्वपूर्ण संकेत हो। यद्यपि तेलको स्रोत यकिन नभएसम्म यसैका आधारमा उद्धार टोली पावरहाउस क्याभर्नमै पुगिसकेको निष्कर्ष निकाल्न भने मिल्दैन।
चिलिमे सुरुङमा फसेका भनिएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, भारतीय उद्धार टोली, आयोजना र विदेशी सुरुङ विज्ञहरू निरन्तर सक्रिय छन्। कठिन भग्नावशेष र पानीको सामना गर्दै टोलीले सुरुङभित्र बाटो खुलाउँदै अघि बढिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
-
चिलिमे उद्धारमा नयाँ संकेत : पानीमा ट्रान्सफर्मरको तेल, पावरहाउस नजिक पुगेको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा सबै भवनको खोजी सकियो, अब पावरहाउस क्षेत्रमा उत्खनन
-
चिलिमे सुरुङमा ठूलो ढुंगा हटाउन चुनौती, पानी पस्न थालेपछि निकासको काम सुरु
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली