सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे सुरुङमा ठूलो ढुंगा हटाउन चुनौती, पानी पस्न थालेपछि निकासको काम सुरु

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | ०८:२५:५२ बजे

रसुवा : चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार तथा भग्नावशेष हटाउने क्रममा रातिको पालोमा ठूला ढुंगा हटाउन चुनौती देखिएको छ। यसैबीच सुरुङभित्र पानीसमेत आउन थालेपछि त्यसलाई व्यवस्थापन गर्न पानी निकासको काम सुरु गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार रातिको पालोमा सुरुङभित्र रहेका ठूला ढुंगा हटाउने काम चुनौतीपूर्ण बनेको थियो। यससँगै सुरुङभित्र पानी आउन थालेको उनले जानकारी दिएका छन्।

पानीको मात्रा व्यवस्थापन गर्न पानी निकास (डिवाटरिङ) को काम सुरु गरिएको न्यौपानेले बताएका छन्।

चिलिमे सुरुङभित्र यसअघि पनि ठूलो परिमाणमा लेदो, बालुवा, सिल्ट, माटो तथा ठूला ढुंगा थुप्रिएका कारण उद्धार टोलीले मेसिन प्रयोग गरी क्रमशः बाटो खुलाउँदै आएको छ। अहिले पानीको प्रवेशसँगै सुरुङभित्रको अवस्था व्यवस्थापन गर्दै थप अगाडि बढ्नुपर्ने चुनौती थपिएको छ।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | ०८:२५:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया