चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
जलसरोकार
रसुवा : चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस क्षेत्रमा जारी खोजीका क्रममा थप एक शव फेला परेको छ। यसअघि तीनवटा शव फेला परिसकेको अवस्थामा थप एक शव भेटिएसँगै मृतकको संख्या चार पुगेको छ।
उद्धारमा संलग्न टोलीका अनुसार पावरहाउस पहिलो बाढीको लहरमै पूर्णरूपमा ध्वस्त भएको अवस्थामा पुगेको थियो। पावरहाउस क्षेत्रमा खोजी तथा उत्खननका क्रममा यसअघि तीनवटा शव फेला परेका थिए। अहिले थप एक शव भेटिएको हो।
पावरहाउस क्षेत्रको खोजी कार्य अझै जारी छ। बाढीले बगाएर ल्याएका ठूला ढुंगा, लेदो, धातुजन्य सामग्री तथा संरचनाका अवशेषका कारण खोजी चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले विभिन्न उपकरण प्रयोग गर्दै अवरोध हटाएर खोजीलाई निरन्तरता दिइरहेको छ।
यसअघि त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले पावरहाउस क्षेत्रमा नदीतर्फबाट पहाडतर्फ क्रमशः उत्खनन भइरहेको र प्रसारण टावरका टुक्रा तथा पावरहाउसको स्तम्भको केही भाग भेटिएको जानकारी दिएका थिए।
बाढीपछि चिलिमे आयोजनाको सुरुङ तथा पावरहाउस क्षेत्रमा फसेका भनिएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, आयोजनाका कर्मचारी तथा प्राविधिक टोली निरन्तर परिचालित छन्।
थप खोजी जारी रहेकाले घटनास्थलको पूर्ण अवस्था अझै खुल्न बाँकी छ। फेला परेका शवको पहिचानसम्बन्धी विस्तृत विवरण पनि सार्वजनिक हुन बाँकी छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो
-
राष्ट्र बैंक संशोधन विधेयकको प्रतिवेदन अर्थसमितिबाट सर्वसहमत पारित
-
माथिल्लो त्रिशूली-३ ‘बी’ : पावरहाउस क्षेत्रमा उत्खनन जारी, ट्रान्समिसन टावर र स्तम्भका अवशेष भेटिए