चिलिमे हाइड्रोपावरले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने
जलसरोकार
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांशका रूपमा दिने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा आगामी पुस ३० गते आयोजना गर्ने जनाएको छ । साधारणसभाका लागि पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ । पुस १६ गतेसम्म सेयरधनीका रूपमा कायम रहेका लगानीकर्ता साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
हाल चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ रहेको छ । लाभांश घोषणापछि लगानीकर्तामा उत्साह देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता