चिलिमे हाइड्रोपावरले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने
जलसरोकार
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांशका रूपमा दिने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा आगामी पुस ३० गते आयोजना गर्ने जनाएको छ । साधारणसभाका लागि पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ । पुस १६ गतेसम्म सेयरधनीका रूपमा कायम रहेका लगानीकर्ता साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
हाल चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ रहेको छ । लाभांश घोषणापछि लगानीकर्तामा उत्साह देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच बढाउने समझदारी
-
१०० दिनमा १०१ काम : ऊर्जा, सडक र शहरमा कुलमान घिसिङको आक्रामक हस्तक्षेप
-
जेन-जी आन्दोलनको सुशासन एजेन्डा कार्यान्वयनमा, सय दिनमै १०१ प्रमुख काम सम्पन्न : मन्त्री कुलमान घिसिङ
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम आयात, राजस्वमा ६.४२ प्रतिशत वृद्धि
-
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?
-
चिलिमे हाइड्रोपावरले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने