सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चाँदी आयातमा विदेशी मुद्रा सटही सुविधामा हेरफेर

जलसरोकार
आइतबार, पुस १३, २०८२ | १६:१३:२२ बजे

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराइँदै आएको विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ । राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि उद्योग र अन्य व्यवसायीलाई प्रदान गरिने विदेशी मुद्रा सटहीको सीमा पुनः निर्धारण गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब चाँदी आयातका लागि उद्योगले प्रतिमहिना २० लाख अमेरिकी डलरसम्म र अन्य व्यवसायीले चार लाख अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउनेछन् । यससँगै राष्ट्र बैंकले चाँदी आयातमा मासिक कोटाको व्यवस्था लागू गरेको छ ।

यसअघि भने उद्योगले एकपटकमा पाँच लाख अमेरिकी डलर र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका थिए । नयाँ व्यवस्थाले एकपटकको सीमा हटाई मासिक आधारमा कोटा तोकिदिएको हो ।

राष्ट्र बैंकको यो निर्णयले चाँदी आयातलाई थप व्यवस्थित बनाउने, आयात प्रक्रियामा सहजता ल्याउने र बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विदेशी मुद्राको व्यवस्थापनमा पनि थप पारदर्शिता र अनुशासन कायम हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : आइतबार, पुस १३, २०८२ | १६:१३:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया