चाँदी आयातमा विदेशी मुद्रा सटही सुविधामा हेरफेर
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराइँदै आएको विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ । राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि उद्योग र अन्य व्यवसायीलाई प्रदान गरिने विदेशी मुद्रा सटहीको सीमा पुनः निर्धारण गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब चाँदी आयातका लागि उद्योगले प्रतिमहिना २० लाख अमेरिकी डलरसम्म र अन्य व्यवसायीले चार लाख अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउनेछन् । यससँगै राष्ट्र बैंकले चाँदी आयातमा मासिक कोटाको व्यवस्था लागू गरेको छ ।
यसअघि भने उद्योगले एकपटकमा पाँच लाख अमेरिकी डलर र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका थिए । नयाँ व्यवस्थाले एकपटकको सीमा हटाई मासिक आधारमा कोटा तोकिदिएको हो ।
राष्ट्र बैंकको यो निर्णयले चाँदी आयातलाई थप व्यवस्थित बनाउने, आयात प्रक्रियामा सहजता ल्याउने र बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विदेशी मुद्राको व्यवस्थापनमा पनि थप पारदर्शिता र अनुशासन कायम हुने विश्वास लिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु