वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ —हाल देशभर साधारणतया बदली रही मधेश, वाग्मती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
-
महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
-
एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने