वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ —हाल देशभर साधारणतया बदली रही मधेश, वाग्मती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा निर्णायक चरणतर्फ : १२५ मिटरमा पानी, तीन पम्पबाट निकास; पावरहाउसतर्फ अघि बढ्ने तयारी
-
अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने
-
साताको पहिलो कारोबार दिन नेप्से २५ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ६८ करोड
-
भोटेकोशी बाढीमा जलविद्युत् आयोजनाका ९०९ कर्मचारी अझै सम्पर्कविहीन
-
तीजको दिन घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला ३ लाख १ हजार
-
अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयरसहित लाभांश पारित गर्न साधारण सभा बोलायो