पूँजीगत खर्च ५२ प्रतिशत मात्रै, सबै सरकारी भुक्तानी बन्द
जलसरोकार
काठमाडौं – मंगलबारदेखि सबै सरकारी खाताहरु बन्द हुने भएका छन् । महालेखा नियन्त्रण कार्यालय र सो अन्तर्गतका सबै कार्यालयहरुको खाता सोमबार मध्य रातदेखि बन्द हुन लागेका हुन् ।
उक्त खाता अब साउन १ गते रातिदेखि मात्रै खुला हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० ले फ्रिज नहुने शीर्षक बाहेक अरु शीर्षकको भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा एक साताअघि नै दिइसक्नुपर्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता बन्द हुनेछ । यद्यपि खाता बन्द हुने अवधिमा पनि अत्यावश्यक भुक्तानीहरु भने रोकिने छैनन् । महालेखा परीक्षक कार्यालयका अनुसार यो अवधिमा प्राप्त भएको बिल अत्यावश्यक हो भन्ने पुष्टि गर्ने कागजात भएमा कार्यालयले निकासाका लागि स्वीकृति लिन सक्नेछ ।
अब भोलिदेखि जारी भएका चेकहरु साउन १५ गतेसम्म साट्न सकिनेछ । साउन १५ गतेभित्र नसाटिएका वा क्लियरिङमा पठाएर पनि सम्बन्धित खातामा प्राप्त नभएका रकमहरु साउन २१ गतेभित्र समायोजना गर्न सकिने व्यवस्था छ । आइतबारसम्म आइपुग्दा सरकारले बजेटमा पेश गरेको रकमको तुलनामा ५२.२ प्रतिशत पूँजीगत खर्च भएको छ । ८०.९३ प्रतिशत चालु खर्च र ७८.३६ प्रतिशत वित्तीय व्यवस्था खर्च पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स