सन् २०२५ सम्ममा बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी
जलसरोकार
पेरिस । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित विजुलीको मात्रालाई उछिन्ने अनुमान रहेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले शुक्रबार उल्लेख गरेको छ । यो वर्ष र अगामी वर्ष बिजुलीको उत्पादन चार प्रतिशतले बृद्धि हुने देखिएपछि आइइएले यो अनुमान गरेको हो ।
“बिजुलीको बढ्दो मागले हाम्रो अर्थतन्त्रमा यसको भूमिका साथै गम्भीर गर्मीको प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइइएका ऊर्जा बजार र सुरक्षा निर्देशक केइसुके सदामोरीले भने ।
जलविद्युत, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतबाट आगामी वर्ष विश्वव्यापी आपूर्तिको ३५ प्रतिशत विजुली उत्पादन गर्ने अनुमान गरिएको छ । सन् २०२५ मा सौर्य ऊर्जाले मात्रै विश्वव्यापी मागको आधा विजुली आपूर्ति गर्ने तयारी गरिएको छ भने हावाबाट थप २५ प्रतिशत विजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
चीन र भारतमा भने बिजुलीको प्रयोग बढ्दै गएको तर कोइलाको प्रयोग घट्ने अपेक्षा नभएको आइइएले जनाएको छ । भारतमा बढ्दो गर्मीको लहरले यस वर्ष देशमा बिजुलीको माग आठ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको छ । चीनमा छ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोपको माग १.७ प्रतिशतले बढेको छ । संयुक्त राज्य अमेरिकामा गत वर्षको तुलनामा विद्युतको माग तीन प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।
“बिजुली मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढ्दै जानु उत्साहजनक छ, तर अन्तर्राष्ट्रिय ऊर्जा र जलवायु लक्ष्यहरू पूरा गर्न यसको छिटो बृद्धि हुन आवश्यक छ,” सदामोरीले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा