सन् २०२५ सम्ममा बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी
जलसरोकार
पेरिस । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित विजुलीको मात्रालाई उछिन्ने अनुमान रहेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले शुक्रबार उल्लेख गरेको छ । यो वर्ष र अगामी वर्ष बिजुलीको उत्पादन चार प्रतिशतले बृद्धि हुने देखिएपछि आइइएले यो अनुमान गरेको हो ।
“बिजुलीको बढ्दो मागले हाम्रो अर्थतन्त्रमा यसको भूमिका साथै गम्भीर गर्मीको प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइइएका ऊर्जा बजार र सुरक्षा निर्देशक केइसुके सदामोरीले भने ।
जलविद्युत, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतबाट आगामी वर्ष विश्वव्यापी आपूर्तिको ३५ प्रतिशत विजुली उत्पादन गर्ने अनुमान गरिएको छ । सन् २०२५ मा सौर्य ऊर्जाले मात्रै विश्वव्यापी मागको आधा विजुली आपूर्ति गर्ने तयारी गरिएको छ भने हावाबाट थप २५ प्रतिशत विजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
चीन र भारतमा भने बिजुलीको प्रयोग बढ्दै गएको तर कोइलाको प्रयोग घट्ने अपेक्षा नभएको आइइएले जनाएको छ । भारतमा बढ्दो गर्मीको लहरले यस वर्ष देशमा बिजुलीको माग आठ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको छ । चीनमा छ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोपको माग १.७ प्रतिशतले बढेको छ । संयुक्त राज्य अमेरिकामा गत वर्षको तुलनामा विद्युतको माग तीन प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।
“बिजुली मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढ्दै जानु उत्साहजनक छ, तर अन्तर्राष्ट्रिय ऊर्जा र जलवायु लक्ष्यहरू पूरा गर्न यसको छिटो बृद्धि हुन आवश्यक छ,” सदामोरीले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना