विद्युत् बिक्री आम्दानी बढेसँगै बुटवल पावरको नाफा २२ करोड ५३ लाख रुपैयाँ, ६ महिनामा १६.२५ प्रतिशतले वृद्धि
जलसरोकार
काठमाडौँ : बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १९ करोड ३८ लाख रुपैयाँको तुलनामा १६.२५ प्रतिशत बढी हो ।
कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानी बढेसँगै खुद नाफा वृद्धि भएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १०.७६ प्रतिशतले बढेर ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ । कुल नाफा १८.६५ प्रतिशत र सञ्चालन मुनाफा २०.२२ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि, सोही अवधिमा कम्पनीको वित्तीय खर्च भने बढेको छ । वित्तीय खर्च ३८ लाख ८ हजार रुपैयाँबाट बढेर १ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा १ रुपैयाँ ८५ पैसाले बढेर १३ रुपैयाँ २२ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (ए/भ्) ५९.४५ गुणा रहेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता