प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
जलसरोकार
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सोह्रौँ बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको थियो। सोही बजेटमाथि आजदेखि संसद्मा औपचारिक छलफल प्रारम्भ हुन लागेको हो।
अर्थमन्त्रीले बजेटसम्बन्धी प्रस्ताव र वक्तव्य प्रस्तुत गरेपछि विभिन्न राजनीतिक दलका सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता तथा क्षेत्रगत प्रभावका विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमा आर्थिक सुधार, उत्पादन वृद्धि, निजी क्षेत्रको प्रवर्द्धन, ऊर्जा, पूर्वाधार, कृषि आधुनिकीकरण, सूचना प्रविधि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ।
प्रतिनिधिसभामा हुने छलफलका क्रममा सत्तापक्षले बजेटको पक्षमा धारणा राख्ने अपेक्षा गरिएको छ भने प्रतिपक्षी दलहरूले बजेटका विभिन्न पक्षमा प्रश्न उठाउने र संशोधनका सुझाव प्रस्तुत गर्ने तयारी गरेका छन्। बजेटमाथिको सामान्य छलफल केही दिनसम्म जारी रहने संसद् सचिवालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै