एपीआई पावर र भगवती हाइड्रोपावरका बोनस शेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं : एपीआई पावर कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
एपीआई पावर कम्पनी लिमिटेडका ३० लाख ३७ हजार ९ सय ६३ दशमलव ९१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आफ्नो २२औँ वार्षिक साधारण सभा (पुस २९, २०८२) बाट पारित गरेको थियो। सो अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर (रु. ५ करोड ९ लाख बराबर) र करसहित ० दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। पारित सोही बोनस शेयर अब नेप्सेमा सूचीकृत भएको हो।
त्यसैगरी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका ८ लाख ३२ हजार ९ सय २६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव २५औँ वार्षिक साधारण सभा (कात्तिक २, २०८२) बाट पारित गरेको थियो। पारित लाभांशमध्ये १४ प्रतिशत बोनस शेयर (रु. ८ करोड ३२ लाख बराबर) र करसहित ६ प्रतिशत नगद लाभांश (रु. ३ करोड ५६ लाख बराबर) वितरण गर्ने निर्णय गरिएको थियो। सोही बोनस शेयर हाल नेप्सेमा सूचीकृत भएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता