बूढीगण्डकी बनाउन विश्वप्रकाश शर्माको ‘जीडीपीपी’ मोडल
जलसरोकार
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जीडीपीपी मोडल प्रस्ताव गरेका छन् । गभरमेन्ट (सरकार), डायस्पोरा (विदेशमा बस्ने नेपाली) र प्राइभेट सेक्टर (निजी क्षेत्र)को पार्टनरसीप (सहकार्य)ले आयोजना बन्न सक्ने उनले बताएका हुन् ।
विनियोजन विधेयकअन्तर्गत आइतवार प्रतिनिधि सभामा ऊर्जा मन्त्रालय अन्तर्गतको बजेट माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले विदेशमा बस्ने डायस्पोरा सहितको लगानी मोडल बनाउन उपयुक्त बताएका हुन् ।
विदेशबाट रेमिट्यान्स स्वरूप आउने सय अर्ब रकममध्ये १० प्रतिशत लगानी गर्नसके उत्पादक क्षेत्रमा लगानी बढ्ने उनले बताए । यसका लागि भरपर्दो बैंकिङ प्रणाली स्थापना गरेर विदेशमा रहेका गैरआवासीय नेपालीलाई एक हजार डलरदेखि २५ हजारसम्म लगानी गर्न दिन सकिने उनले बताए । विदेशमा रहेका नेपालीको समेत सहभागितामा बूढीगण्डकी बनाउँदा आयोजना साच्चिकै राष्ट्रिय गौरवको बन्ने र राष्ट्रिय मनोबल बढ्ने उनले बताए ।
धादिङ र गोर्खामा बन्ने १२ सय मेगावाट क्षमताको बहुप्रतिक्षीय जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने सरकारले निर्णय गरिसकेको छ । सरकारले यो आयोजनाको लागि अबौं रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य