कुलमान हटाउने तयारीबारे विश्वप्रकाश : असन्तुष्टिको भुँग्रोमा घ्यू थप्ने काममा सरकार लाग्नु हुँदैन
जलसरोकार
काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा सरकारलाई संयम भएर चल्न सुझाव दिएका छन् ।
सरकारले कुलमानलाई हटाउन पटक-पटक स्पष्टीकरण सोधिरहेको बेलामा महामन्त्री शर्माले असन्तुष्टिको भुँग्रोमा घ्यू थप्ने काममा सरकार लाग्न नहुने बताए ।
उनले कुलमानको विषय मात्रै नभएर पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीको पनि विरोध गरेका छन् । उनले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक नै नआउने बताए ।
उनले भनेका छन्, ‘आर्थिक भार थप्ने गरी आए त्यो पारित हुने छैन, सटिक र क्लियर कट कुरा यत्ति हो । असन्तुष्टिको भुँग्रोमा घ्यू थप्न सरकार स्वयं लाग्नुहुन्न । पूर्व विशिष्टलाई सुविधा थप्ने प्रश्न होस् या विद्युत प्राधिकरणको एमडी हटाउने प्रकरण, सरकार संयमले चल्नुपर्छ ।’
बेथिति नियन्त्रण, पद्धति सुदृढीकरणमा लोकतान्त्रिक मिडिया पनि सचेत रहनुपर्ने उनले बताए। मन्त्रिपरिषद्को निर्णयअनुसार कुलमानलाई हटाउन ऊर्जा मन्त्री दीपक खड्काले स्पष्टीकरण सोधेपछि कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि असन्तुष्टि जनाएका थिए।
उनले सिन्धुली पुगेर भनेका थिए, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको । मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो। तीन-चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिपछि सरकार नै लागेको देखिन्छ। यस्ता कुरा ठीक होइन। यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन।'
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन