वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
जलसरोकार
वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सारका अनुसार यो समग्र राजस्वको सबैभन्दा ठूलो हिस्सा हो ।
वीरगञ्ज नाका हुँदै पाँच महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ रु ७२ अर्ब २८ करोड बराबरको आयात भएको छ । कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदान ३१ दशमलव ३९ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात हो । “यहाँ सङ्कलन हुने राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ,” उनले भने, ।
पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै राजस्व यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयातबाट प्राप्त भएको छ । पाँच महिनामा यातायात साधन र पार्टपुर्जाबाट रु १२ अर्ब ७४ करोड राजस्व सङ्कलन भएको छ, जसको हिस्सा १३ दशमलव २२ प्रतिशत रहेको छ ।
त्यस्तै फलाम तथा फलामबाट बनेका सामग्रीको आयातबाट रु पाँच अर्ब ६५ करोड र कपडाको आयातबाट रु चार अर्ब ८५ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
समग्रमा वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता