सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

जलसरोकार
शनिबार, पुस १२, २०८२ | ११:१५:२७ बजे

 

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सारका अनुसार यो समग्र राजस्वको सबैभन्दा ठूलो हिस्सा हो ।

वीरगञ्ज नाका हुँदै पाँच महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ रु ७२ अर्ब २८ करोड बराबरको आयात भएको छ । कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदान ३१ दशमलव ३९ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात हो । “यहाँ सङ्कलन हुने राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ,” उनले भने, ।

पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै राजस्व यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयातबाट प्राप्त भएको छ । पाँच महिनामा यातायात साधन र पार्टपुर्जाबाट रु १२ अर्ब ७४ करोड राजस्व सङ्कलन भएको छ, जसको हिस्सा १३ दशमलव २२ प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामग्रीको आयातबाट रु पाँच अर्ब ६५ करोड र कपडाको आयातबाट रु चार अर्ब ८५ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

समग्रमा वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : शनिबार, पुस १२, २०८२ | ११:१५:२७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया