वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर, छ महिनामा रु १ खर्ब १६ अर्ब सङ्कलन
जलसरोकार
वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन मुख्यत, पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर रहेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले कुल रु १ खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३७ अर्ब ८५ करोड राजस्व उठेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो। त्यसपछि यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज भन्सारको राजस्व सङ्कलन पेट्रोलियम पदार्थ तथा सवारीसाधन र तिनका पार्टपुर्जा आयातमा अत्यधिक निर्भर रहेको छ ।
त्यसैगरी चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु ६ अर्ब ८३ करोड, कपडा आयातबाट रु ५ अर्ब २६ करोड, तथा इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट रु ४ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।
मदिराजन्य पेयपदार्थको आयातबाट रु १ अर्ब ८३ करोड र शृङ्गारका सामग्रीबाट रु १ अर्ब ८१ करोड राजस्व उठेको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता