वीरगञ्ज भन्सार कार्यालय: सात महिनामा आयात १२ प्रतिशतले वृद्धि
जलसरोकार
काठमाडाै : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड बराबरका वस्तु तथा सामान आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ५७ अर्ब ३१ करोड अर्थात् करिब १२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा रु चार खर्ब ६० अर्ब २३ करोड बराबरको आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा आयातमा उल्लेखनीय वृद्धि देखिएको बताउनुभयो। उहाँका अनुसार पेट्रोलियम पदार्थ तथा फलाम र फलामजन्य सामग्रीको आयात हिस्सा उच्च रहेको छ, जसले समग्र आयात वृद्धिमा टेवा पुर्याएको छ।
कार्यालयका अनुसार सात महिनाको अवधिमा मात्रै रु एक खर्ब छ अर्ब ४३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसैगरी, रु ४६ अर्ब १६ करोड मूल्य बराबरका फलाम तथा फलामबाट बनेका सामग्री भित्रिएका छन्। औद्योगिक तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित मेसिनरी तथा पार्टपुर्जाको आयात रु ३५ अर्ब ८७ करोड पुगेको छ भने रु ३५ अर्ब ६७ करोड मूल्य बराबरको भटमासको कच्चा तेल आयात भएको छ। यसैगरी, रु २७ अर्ब ९८ करोड मूल्य बराबरका इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयात गरिएको जनाइएको छ।
आयातको संरचना हेर्दा ऊर्जा, निर्माण तथा औद्योगिक उत्पादनसँग सम्बन्धित वस्तुहरूको हिस्सा बढी देखिएको छ, जसले देशभित्र आर्थिक गतिविधि विस्तार भइरहेको संकेत गर्ने भन्सार कार्यालयको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?