वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व
जलसरोकार
वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले भदौ महिनामा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन गरेको हो ।
यो कार्यालयलाई दिइएको मासिक राजस्व लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तथा प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।
कार्यालयका अनुसार मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेका छन् । यी वस्तुको आयातबाट भन्सार राजस्वमा उल्लेख्य योगदान पुगेको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व
-
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द