बिन्ध्यवासिनी हाइड्रोपावरको नाफा ११ करोड ७५ लाख रुपैयाँ, विद्युत् बिक्री आम्दानी वृद्धि
जलसरोकार
काठमाडौं : बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ११ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीको खुद नाफा ११ करोड ७५ लाख ६५ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६३ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । यससँगै कम्पनीको नाफा करिब ७७ प्रतिशतले बढेको देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको छ । चैत मसान्तसम्म कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३० करोड ७४ लाख रुपैयाँ थियो । विद्युत् उत्पादन तथा बिक्रीमा सुधार आएपछि आम्दानी बढेको कम्पनीले जनाएको छ ।
कम्पनीको कुल स्थूल नाफा ३४ करोड ४८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३० करोड १ लाख रुपैयाँ थियो । प्रशासनिक तथा सञ्चालन खर्च ४ करोड ४९ लाख रुपैयाँ रहेको छ भने मर्मत तथा सम्भार खर्च १ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, ह्रासकट्टी खर्च २१ लाख ९१ हजार रुपैयाँ र अमोर्टाइजेसन खर्च ७६ लाख १९ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २० करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो नाफा १६ करोड ७२ लाख रुपैयाँ थियो । यद्यपि वित्तीय खर्च भने अझै उच्च देखिएको छ । चैत मसान्तसम्म कम्पनीले ९ करोड ११ लाख रुपैयाँ वित्तीय खर्च व्यहोरेको छ । अघिल्लो वर्ष यही खर्च १० करोड ८ लाख रुपैयाँभन्दा बढी थियो ।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) वार्षिकीकृत आधारमा ९ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ४३ पैसा तथा प्रति शेयर बजार मूल्य ४८८ रुपैयाँ ८० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको तरलता अनुपात २.९१ गुणा रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ थियो । बोनस शेयर वितरणपछि चुक्ता पुँजी बढेको हो । कम्पनीको कुल इक्विटी १ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब ९१ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीसँग ८१ लाख ६६ हजार रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको छ भने व्यापारिक प्राप्ति ४ करोड ८६ लाख रुपैयाँ रहेको छ । दीर्घकालीन कर्जा १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले कास्की जिल्लामा निर्माण तथा सञ्चालन गरिरहेको जलविद्युत् आयोजनाबाट नियमित विद्युत् उत्पादन भइरहेको जनाएको छ । साथै, विद्युत् उत्पादन, प्रसारण लाइन, प्राकृतिक विपत्ति तथा नदीको जलप्रवाहमा आउने उतारचढावले कम्पनीको भावी आम्दानीमा प्रभाव पार्न सक्ने जोखिम भने यथावत रहेको उल्लेख गरिएको छ ।
समीक्षा अवधिमा कम्पनीको शेयर मूल्य न्यूनतम ४७० रुपैयाँदेखि अधिकतम ४९३ रुपैयाँ ६० पैसासम्म कारोबार भएको विवरणमा उल्लेख छ । कुल १ लाख १८ हजार ६९१ कित्ता शेयर कारोबार भएको कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने