सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने

जलसरोकार
बिहीबार, असोज ०१, २०८३ | १२:०९:४६ बजे

 

काठमाडौं : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ । साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई उक्त दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसँगै कम्पनीको चुक्ता पूँजीमा समेत वृद्धि हुनेछ ।

प्रकाशित मिति : बिहीबार, असोज ०१, २०८३ | १२:०९:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया