भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
जलसरोकार
काठमाडौं: भुजुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट प्राथमिक सेयर (आईपीओ) बिक्री बिहीबारदेखि सुरु गरेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ खुला गरिएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । तीमध्ये १० लाख कित्ता सेयर लमजुङ जिल्लाको क्व्लासोथार गाउँपालिका वडा नम्बर ४ का बढी प्रभावित स्थानीय बासिन्दाका लागि र बाँकी वडा नम्बर १, २, ३, ५, ६, ७, ८ र ९ का प्रभावित बासिन्दालाई छुट्याइएको छ ।
त्यसैगरी १ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । प्रभावित स्थानीयले छिटोमा पुस १७ गतेसम्म र ढिलोमा माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ७ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आईपीओ बिक्री प्रवन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ । गत आर्थिक वर्षसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम् जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीले इक्रा नेपालबाट ‘बी प्लस’ क्रेडिट रेटिङ प्राप्त गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता