भुजुङ्ग हाइड्रोपावरले आईपीओ खुला गर्यो, १० कित्तादेखि ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने
जलसरोकार
पोखरा, : भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सोमबारदेखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक शेयर निष्काशन) खुला गरेको छ। कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
कम्पनीका अनुसार, निष्काशित शेयरमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, १ लाख कित्ता विदेशमा रोजगार गर्दै आएका नेपालीका लागि, २० हजार कित्ता कर्मचारीहरूका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ, जसको मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले माघ १५ गतेसम्म आईपीओ खुला रहने जनाएको छ।
कम्पनीका अधिकारीहरूले सर्वसाधारण लगानीकर्ताले IPO मा आवेदन गरेर जलविद्युत क्षेत्रमा लगानी गर्ने अवसर पाउने बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता