भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८३ हजार लगानीकर्ताले पाए १० कित्ता
जलसरोकार
काठमाडौँ : भुजुङ्ग हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) माघ २७ गते मंगलबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २५ लाख ७९ हजार ९२० जना लगानीकर्ताले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ताका लागि आवेदन दिएका थिए ।
कुमारी क्यापिटलका अनुसार तीमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएका छन् भने ४० हजार २८ आवेदन रद्द भएका छन् । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लोटरी) प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो ।
बाँडफाँटअनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता