पाँच महिनामै भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
जलसरोकार
भैरहवा : आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले यस अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको १२१ दशमलव एक प्रतिशत अर्थात् रु छ अर्ब ५० करोड ३२ लाख सात हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार मात्र राजस्व सङ्कलन गरेको थियो । यस वर्षको तुलनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको उनले बताए ।
उनका अनुसार कुल राजस्व सङ्कलनमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी रहेको छ । कुल सङ्कलनमध्ये करिब ८० प्रतिशत राजस्व अन्तःशुल्कबाट प्राप्त भएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत हाल ८२ हजारभन्दा बढी व्यावसायिक करदाता रहेका छन् । कर प्रशासनको प्रभावकारी कार्यान्वयन, करदाताको सहभागिता र आर्थिक गतिविधि विस्तारका कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सम्भव भएको कार्यालयको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु