सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पाँच महिनामै भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

जलसरोकार
सोमबार, पुस २१, २०८२ | १६:२६:२४ बजे

 

भैरहवा : आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले यस अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको १२१ दशमलव एक प्रतिशत अर्थात् रु छ अर्ब ५० करोड ३२ लाख सात हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार मात्र राजस्व सङ्कलन गरेको थियो । यस वर्षको तुलनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको उनले बताए ।

उनका अनुसार कुल राजस्व सङ्कलनमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी रहेको छ । कुल सङ्कलनमध्ये करिब ८० प्रतिशत राजस्व अन्तःशुल्कबाट प्राप्त भएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत हाल ८२ हजारभन्दा बढी व्यावसायिक करदाता रहेका छन् । कर प्रशासनको प्रभावकारी कार्यान्वयन, करदाताको सहभागिता र आर्थिक गतिविधि विस्तारका कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सम्भव भएको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : सोमबार, पुस २१, २०८२ | १६:२६:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया