सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार कित्ता

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | ०९:४१:०१ बजे

 

काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसबाट कम्पनीले ८ करोड ६३ लाख २० हजार रुपैयाँ सङ्कलन गर्नेछ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गते बन्द हुनेछ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एक लाख चार हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ । त्यस्तै, कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याइएको छ ।

कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत तीन अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख पाँच हजार ८०९ रुपैयाँ रहेको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | ०९:४१:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया