विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई खुला गर्न प्राधिकरण सकारात्मक : कामु कार्यकारी निर्देशक श्रेष्ठ
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउनुपर्ने विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले निजी क्षेत्रले विद्युत् उत्पादनमा गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दै अब व्यापार र प्रसारण क्षेत्रमा पनि उनीहरूको सहभागिता आवश्यक रहेको बताए।
“उत्पादनमा निजी क्षेत्रले पुर्याएको योगदान अत्यन्तै सराहनीय छ,” उनले भने, “प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माणमा प्रवेश गराउनुपर्नेमा म स्पष्ट छु।”
उनका अनुसार यस विषयमा उनले ऊर्जामन्त्रीसँग पनि निरन्तर छलफल गर्दै निजी क्षेत्रलाई विस्तार गर्नुपर्ने धारणा राख्दै आएका छन्।
श्रेष्ठले सरकारले अघि सारेको १५ हजार मेगावाट विद्युत् निर्यात लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए। उनले ऊर्जा क्षेत्रको तीव्र विकासका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरे।
त्यसैगरी उनले निजी क्षेत्रले ऊर्जा विकासमा अग्रसरता देखाए पनि वनसम्बन्धी विभिन्न नीतिगत जटिलताका कारण आयोजना अघि बढ्न कठिनाइ भइरहेको बताए। वनसम्बन्धी समस्या समाधानका लागि ऊर्जामन्त्रीले सक्रिय पहल गर्नुपर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रको मनोबल बढाउने खालका निर्णय आवश्यक रहेको धारणा राखे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी
-
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन