प्राधिकरणसँग महसुल उठाउने बाहेक अन्य विकल्प छैन : घिसिङ
जलसरोकार
काठमाण्डाै : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा पछि हट्न नसकिने बताएका छन् ।
संघीय संसद अन्तर्गत पूर्वाधार विकास समितिमा मंगलबार भएको छलफलका क्रममा केही उद्योगीले प्राधिकरणसँग टीओडी टाइम अफ द डे मिटर नभएको भन्ने हल्ला फिजाएको र यसमा सत्यता नभएको बताए ।
प्राधिकरणसँग टीओडी मिटर तथा सब–स्टेशनमा लग सिट समेत हुने हुँदा यसमा कुनै पनि समस्या नरहेको घिसिङले बताए । ‘हाम्रा प्रत्येक सबस्टेशनमा कर्मचारीलेहरुले आधा आधा घण्टामा लग सिट इन्ट्री गर्ने गर्छन,’ उनले भने, ‘हामीसँग वर्षौको डाटा छ ।’


यसअघिको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल तिर्न उद्योगको लाइन काट्दा तत्कालीन सरकारले स्पष्टीकरण समेत सोधेको र यो विषय धेरै गिजोलिएको बताए । सरकारकै आग्रहमा कोभिडको असर परेको भन्दै महसुल उठाउने कार्यमा विलम्ब भएको उनको भनाइ छ ।
अदालत तथा बनेका समितिहरुले समेत प्राधिकरणलाई महसुल उठाउन पर्ने भन्दै राय दिएको भन्दै प्राधिकरणले उद्योगीलाई किस्ता किस्तामा तिर्न पनि सहज गरिदिएको घिसिङको भनाइ छ ।
‘अब प्राधिकरणले महसुल उठाउने बाहेक अन्य विकल्प नरहेको बताए,’ उनले भने, ‘प्राधिकरणले दिएको किस्ता सुविधा उपभोग गरेर किस्तामा महसुल तिर्नुपर्छ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो