कुलमान घिसिङलाई हटाएर नेपाललाई अन्धकारतिर धकेल्न खोजिदैछ, सडक र सदन दुईवटैबाट विरोध हुन्छ : ज्ञानेन्द्र शाही
जलसरोकार
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले भने, ‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्ने,’ बताए ।
घिसिङले प्राधिकरणलाई नाफामा लगेको उनले स्मरण गरे ।
‘२०७२÷०७३ सालमा नेपाल विद्युत प्राधिकरण आठ ८९ करोड रुपैयाँको घाटनामा थियो । अहिले २०८१÷०८२ को ६ महिना अझै बाँकी छ प्राधिकरणको ११ अब ३६ कुरोड फाइदामा छ,’ शाहीले भने ।
नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको उनले बताए । यस्तो व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनमा शून्य नम्बर दिइएको भनेर पनि उनले प्रश्न उठाए ।
‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने । उहाँहरू (सरकार)को बस चल्ने हो भने भोलि पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?,’ शाहीले भने ।
साथै, उनले दशरथ रंगशालामा नेपाली नागरिकले कुटाइ खाएको भन्दै त्यसबारे प्रश्न उठाएका छन् ।
उनले खुलमखुल्ला जनतालाई कुट्ने अधिकार कसैलाई नभएको भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार