सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

४८ करोड चुक्ता पुँजीमा आशुतोष इनर्जीले बाँड्ने भयो ९ करोड ९ लाख नगद लाभांश

साधारण सभाबाट १८.९४७३ प्रतिशत नगद लाभांश पारित, ५.८३ मेगावाट आयोजनाबाट गत वर्ष ४३ लाख युनिट विद्युत् उत्पादन

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | १०:३९:०९ बजे

काठमाडौं : आशुतोष इनर्जी लिमिटेडले सेयरधनीलाई ९ करोड ९ लाख ४७ हजार ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित १८.९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीको नवौं वार्षिक साधारण सभाले पारित गरेको हो।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले गरेको कारोबारबाट प्राप्त मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय साधारण सभाबाट पारित भएको हो। ४८ करोड रुपैयाँको चुक्ता पुँजीको तुलनामा ९ करोड रुपैयाँभन्दा बढी नगद लाभांश वितरण हुने भएपछि कम्पनीको प्रतिफलसम्बन्धी विषय आकर्षक देखिएको छ।

आशुतोष इनर्जीले लमजुङको दूधपोखरी गाउँपालिका–१ र २ स्थित चेपे खोलामा ५.८३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाबाट आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ४३ लाख २९ हजार ४०३ युनिट विद्युत् उत्पादन भएको कम्पनीले जनाएको छ। यो नेपाल विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौतामा उल्लेखित वार्षिक कुल ऊर्जाको ८५.९५ प्रतिशत हो।

कम्पनीका अनुसार आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न नसक्नुमा वैकल्पिक विद्युत् प्रसारणको असुविधा मुख्य कारण रहेको थियो। आगामी दिनमा पीपीएमा उल्लेखित वार्षिक ऊर्जाको शतप्रतिशत विद्युत् उत्पादन गर्ने गरी स्रोत–साधनको उचित व्यवस्थापन तथा परिचालन गर्ने योजना कम्पनीले बनाएको छ।

लाभांश पारित गरेको कम्पनीले व्यवसाय विस्तारलाई समेत प्राथमिकतामा राखेको छ। कम्पनीले २ मेगावाटको चेपे खोला क्यास्केड जलविद्युत् आयोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृतिका लागि पहल गर्ने विषयलाई समेत आगामी योजनामा राखेको छ।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | १०:३९:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया