सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयरसहित लाभांश पारित गर्न साधारण सभा बोलायो

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | १०:४०:४१ बजे

 

काठमाडौँ  : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २९औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले आगामी असोज २७ गते मंगलबार काठमाडौँको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ। कम्पनीको लगानी रहेका सहायक कम्पनीले निर्माण गर्ने आयोजनाका लागि कर्पोरेट ग्यारेन्टी प्रदान गर्ने, आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन शेयर दाखिला खारेज अर्थात् बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | १०:४०:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया