विदेशी विज्ञसहितको उद्धार टोलीलाई सघाउन कुलमान घिसिङ चिलिमे पुगे
जलसरोकार
काठमाडौं : रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा प्राविधिक सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार विदेशी विज्ञसहितको उद्धार टोलीलाई आयोजनाको पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाले घिसिङलाई आग्रह गरेको हो।
सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमार्फत उद्धारस्थलतर्फ प्रस्थान गरेको अवस्थीले जानकारी दिएका छन्।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीपछि केही व्यक्ति फसेको आशंकामा नेपाली सेना तथा अन्य उद्धार टोलीले खोजी तथा उद्धार जारी राखेका छन्। सुरुङमा लेदो र माटो भरिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार दिनको वृद्धिपछि नेप्से १५ अंकले घट्यो
-
विदेशी विज्ञसहितको उद्धार टोलीलाई सघाउन कुलमान घिसिङ चिलिमे पुगे
-
राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै
-
सुन र चाँदीकाे मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीको दुई सातापछि पनि भएन जलविद्युत्मा कार्यरत ९१७ जनाकाे उद्धार, अवस्था अझै अज्ञात
-
रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सारको राजस्व बढ्यो