एनएमबी हाइब्रिड फन्ड एल–२ मा आवेदन आजसम्म
जलसरोकार
काठमाडौं,: एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबार आजसम्म आवेदन दिन सकिने भएको छ । एनएमबी क्यापिटलले २४ माघदेखि सामूहिक लगानी कोष एमएबी हाइब्रिड फन्ड एल–२ को इकाइ खरिदका लागि आवेदन माग गरेको थियो ।
क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो ।
एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनएमबी हाइब्रिड फन्ड एल–२, १० वर्षे बन्दमुखी योजना हो । साथै यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फन्डभन्दा तुलानात्मक रूपमा कम जोखिम हुने गर्दछ । उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म अर्थात प्रति इकाई १० रुपैयाँका दरले १ हजारदेखि १२ करोड रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फन्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबी बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरेको हो ।
फन्डको कुल १२ करोड इकाइमध्ये कोष प्रवद्र्धक र योजना व्यवस्थापकले सम्पूण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाइ र ५८ हजार ४४० सर्वसाधारण÷संस्थागत लगानीकर्ताहरूबाट १० करोड १५ लाख इकाइका लागि आवेदन परेको जनाइएको छ ।
म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई (इक्राएनपी–आईआर) ए प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई (इक्राएनपी एएमसी) क्वालिटी २ रेटिङ प्रदान गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी