एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला
जलसरोकार
काठमाडौँ,: एपोलो हाइड्रोपावर लिमिटेड ले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरका ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
प्रभावित क्षेत्रअनुसार उच्च प्रभावित क्षेत्र (ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८) का लागि ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता, मध्यम प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३) का लागि ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता तथा न्यून प्रभावित क्षेत्र (रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १) का लागि २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
यसैगरी, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ९४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता